
- नुवाकोटको देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले बेलीब्रिज निर्माण सुरु गरेको छ।
- जना सैनिक इन्जिनियरको टोलीले ५० टन भारवहन क्षमताको पुल बनाइरहेका छन्।
- गत भदौ १० गतेको बाढीले उक्त स्थानको पुरानो पुल बगाएपछि सेनाले नयाँ पुल निर्माण थालेको हो।
काठमाडौ – नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटस्थित तादी नदीमा ६० मिटर लम्बाइ र ५.५ मिटर चौडाइको बेलीब्रिज निर्माण कार्यमा नेपाली सेना जुटेको छ ।

नेपाली सेनाका इन्जिनियरिङ फौजबाट खटिएको ५५ जनाको टोलीले पुल निर्माण कार्य गरिरहेको नेपाली सेनाद्वारा आइतबार दिउँसो जारी विज्ञप्तिमा उल्लेख गरियको छ ।
निर्माण हुँदै गरेको बेलीब्रिजको भारवहन ५० टन रहेको सेनाले जनाएको छ ।
भदौ १० गते रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीले देवीघाटस्थित पुल बगाएको हो ।
