
- आज स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा उच्च वृद्धि भएको छ।
- सुनको मूल्य प्रतितोला तीन हजार ३०० रुपैयाँले बढेको छ।
- चाँदीको मूल्यमा पनि प्रतितोला १३० रुपैयाँको वृद्धि भएको छ।
काठमाडौ -स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रु तीन हजार ३०० र चाँदीको मूल्य रु १३० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु तीन लाख १६ हजार ७०० कायम भएको छ । असली चाँदीको मूल्य प्रतितोला रु चार हजार ९८५ निर्धारण भएको छ ।
हिजो छापावाल सुन प्रतितोला रु तीन लाख १३ हजार ४०० र असली चाँदी प्रतितोला रु चार हजार ८५५ मा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूकाअनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५४०.१८ र चाँदी ६८.९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
