घोषणा गरिएको एक सातामै पार्टीबाट निकालिए वामदेव

काठमाडौं ।  नेकपा एकता राष्ट्रिय अभियान पार्टी घोषणा गरेका संयोजक वामदेव गौतमलाई पार्टीबाट निष्काशन गरिएको छ। अभियानमा आबद्ध चार दलले बैठक बसी गौतमलाई कारबाही गरेका हुन्।

Workplace

अभियानका दलहरू समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी), आम नेपाली पार्टीका शीर्ष नेताको बैठक बसी ५ बुँदे आरोप सहित गौतमलाई निष्काशन गरिएको हो।

- Advertisement -Workplace

आज काठमाडौंमा बसेको चार पार्टीका शीर्ष नेताको बैठकले सचिवालय सदस्य युवराज सफलको संयोजकत्वमा ११ सदस्यीय सचिवालय समिति समेत गठन गरेको छ।

यस्ता छन्, गौतमलाई लगाइएका आरोप

१. साङ्गठनिक अराजकता, निरङ्कुश, तानाशाही शैली, चरम अवसरवादी चरित्र र अराजनीतिक व्यवहार प्रस्तुत गरिएको।

२.अहंकारवादी सोच र एकलौटी निर्णय गरिएको।

३. जालझेल, छलछाम, षड्यन्त्र र तिकडमबाजी कार्यशैली अपनाइएको।

४. नेकपा एकता राष्ट्रिय अभियानमा आबद्ध दलहरूको आडमा शक्ति बनाई सो शक्तिको चरम दुरुपयोग गरी उल्लेखित शक्तिहरूलाई सिद्ध्याउने गतिविधि गरिएको।

५. सम्पूर्ण वामपन्थी तथा समाजवादी शक्तिलाई बृहत् कम्युनिस्ट एकतामा जोड्ने योजना बमोजिम नेकपा एकता राष्ट्रिय अभियान गठन गरिएकोमा संयोजक कमरेड बामदेव गौतमले सो निर्धारित उद्देश्य विपरीत अभियानलाई सत्ता, शक्ति, पद प्राप्तिको लागि बार्गेनिङको माध्यम बनाएको।

निर्णयको प्रति

 

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?