icon
निर्वाचन
२८ मंसिर २०८२, आइतबार
icon
निर्वाचन

खाना पकाउने क्रममा कुकर पड्कँदा ४५ वर्षीया एक महिला गम्भीर घा`इते

काठमाडौ – सुनसरीको रामधुनी नगरपालिका ४ रामपुरामा खाना पकाउने क्रममा कुकर पड्कँदा ४५ वर्षीया एक महिला गम्भीर घा`इते भएकी छन्।

Workplace

हिजो (सोमबार) बेलुकी करिब ६ः४० बजे घरमै खाना पकाउने क्रममा कुकर पड्कँदा बिमला भट्टराईको अनुहार र बायाँ हातमा गम्भीर चोट लागेको छ।

घाइते भट्टराईलाई बेलुकी ९ः४० बजे उपचारका लागि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि विराटनगरस्थित ग्रिनक्रस अस्पतालमा रेफर गरिएको प्रहरीले जनाएको हो ।

भट्टराईको अवस्था हाल मध्यम रहेको र विराटनगको ग्रिनक्रस अस्पतालको आईसीयू वार्डमा भर्ना गरिएको बताइएको छ।

घटनाको जानकारी पाएलगतै प्रहरी चौकी सिंगियाबाट प्रहरी सहायक निरीक्षक  गोपाल प्रसाद बास्तोलाको कमाण्डमा दुई सदस्यीय टोली घटनास्थलमा खटिएको थियो। घटनास्थल प्रहरी चौकी सिंगियाबाट करिब २ किलोमिटर पूर्वउत्तरतर्फ पर्ने र घटनाबारे थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?