सुरुङबाट उद्धार गरिएका एक जनाको अवस्था जटिल, एक सामान्य

समाचार सारांश
Auto Generated by AI
  • रसुवाको भोटेकोशी बाढीमा फसेका दुई जनाको नेपाली सेनासहितको टोलीले सफलतापूर्वक उद्धार गरेको छ।
  • उद्धार गरिएका कबीर महर्जनको अवस्था जटिल रहेकोले उनको सैनिक अस्पतालमा सघन उपचार भइरहेको छ।
  • सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य भए पनि थप परीक्षणका लागि उनलाई पनि सैनिक अस्पताल ल्याइँदै छ।

काठमाडौं ।रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका दुई जनामध्ये एक जनाको अवस्था सामान्य छ भने अर्का व्यक्तिको अवस्था जटिल रहेको छ।

Workplace

​जटिल अवस्थामा रहेका व्यक्ति दोस्रो पटक उद्धार गरिएका कबीर महर्जन हुन्। उनलाई अगाडि नै छाउनी ल्याएर वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरी सघन उपचार जारी राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

​यस्तै, सुरुमा उद्धार गरिएका अर्का व्यक्ति सञ्जय साहको अवस्था भने सामान्य रहेको छ। स्वास्थ्य अवस्था स्थिर देखिएता पनि थप परीक्षणका लागि उनलाई पनि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमै ल्याइँदै छ।

​नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी,  सशस्त्र प्रहरी बल र अन्य विज्ञहरूको संयुक्त टोलीले आज बिहानै उनीहरूको उद्धार गरेको हो।

आयोजनाभित्र मानिसहरू फसेको आशंकापछि बाढी गएलगत्तै लगातार उद्धारको प्रयास गरिएको थियो।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?