
खिम खड्का
१५ चैत्र, बुटवल । गुल्मीको चन्द्रकोट गाउँपालिकाले विपत् व्यवस्थापनको निम्ती अहिलेको समयमा बढदो आगोलागी बाट सिर्जित जोखिम कम गर्न पुर्व तयारी गरेको छ ।
कार्यपालिकाको बार्षिक निती तथा कार्यक्रम अन्तर्गत अहिलेको समयमा बढदो आगोलागी बाट सिर्जित जोखिम कम गर्न बिपदबाट जनधनको क्षती कम होस भन्ने उदेश्यले मिनी दमकलको रुपमा मोटर जडित ट्यांकर को ब्यबस्थापन गरि हिँजो परिक्षण चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज केसीले बताउनुभयो ।

पटक पटक विपत् व्यवस्थापनको निम्ती सचेतना मुलक तयारी र अभियानहरु संचालन गरिदै आईरहेको पालिकाले हिजो शान्तिपुर बजारमा मिनि ट्याङ्करमा मोटर जडित दमकल र फायर हाईड्रेन्ट( fire hydrant ) च्याम्बर जडान गरी परिक्षण समेत गरिएको र आज मजुवा बजारमा जडान गरिने समेत अध्यक्ष केसिले बताउनुभयो ।
बिपदहरु जहाँ पनि जतिबेला पनि हुन सक्छ साबधानी अपनाऔं र उच्च सतर्कता अपनाऔं भन्ने मर्मको साथ दमकलको पउँच नभएको र दमकल पुग्न नसक्ने सानो सडकमा समेत यसले प्रभावकारी काम गर्ने बताउँदै यसलाई घनाबस्ती क्षेत्रमा बिस्तार गरिदै लगिने गाउँपालिकाले बताएको छ ।
