
- रसुवा बाढीका मृतकको सम्मानमा सरकारले भदौ २२ गते राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ।
- उक्त दिन देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरूमा झण्डा आधा झुकाइनेछ।
- मृतकको १३ औँ दिनको पुण्यतिथिको अवसर पारेर शोक मनाउने निर्णय मन्त्रिपरिषद्ले गरेको हो।
काठमाडौं ।सरकारले भदौ २२ गते राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ । रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्मान स्वरुप २२ गते शोक दिवस मनाउने निर्णय गरेको हो ।

बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

उनका अनुसार, बाढीमा मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मानस्वरुप उक्त घटना भएको १३ औं दिनको पुण्यतिथी पारेर सरकारले शोक दिवस मनाउन लागेको हो ।
भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने निर्णय भएको उनले बताए । सो दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास एवं नियोगहरूमा नेपाली झण्डा आधा झुकाउने निर्णय पनि भएको छ ।
