आज मिति २०८२ कात्तिक ४ गते मंगलबार आजको राशीफल

🌻🌼🙏🙏

Workplace

मेष : परिस्थितिवश अध्ययनमा पछि परिनेछ भने स्वास्थ्यमा देखिएको कमजोरीले काममा बाधा हुनेछ। पछिका लागि फाइदा हुने भए पनि सोचेको परिणाम तत्काल प्राप्त नहुन सक्छ। बिस्तारै काम बन्नेछ। जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। नयाँ योजना थाल्न भने समस्या पर्ला।

- Advertisement -Workplace

वृष : बेसुरमा गरिएका सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। श्रम गरीकन उचित मूल्य प्राप्त नहुन सक्छ। आश्वासन बाँड्नेहरूको भरपर्दा दु:ख पाइनेछ। परिस्थितिले अप्ठ्यारो मोडमा पुर्याउन सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। परिवारजनसँग असमझदारी बढ्नुका साथै काममा बाधा पुग्न सक्छ।

मिथुन : प्रशस्त धन आर्जन गर्ने मौका छ। केही समय पर्खिएर अघि बढ्दा फाइदा हुने देखिन्छ। उद्योग र व्यापारमा विशेष फाइदा होला। प्रतिस्पर्धी परास्त होलान्। सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ। सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ।

कर्कट : परिस्थितिवश आफ्नै वचनबद्धता पालना गर्न नसकिएला। धेरै बोल्दा समस्या आउन सक्छ। द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। अरूको भरपर्दा काम प्रभावकारी नहुन सक्छ। हिसाबकिताबमा सजग रहनुहोला। सानोतिनो समस्या आए पनि नियमित काम बन्नेछ। आलोचकहरूलाई व्यवहारले समेट्नुहोला।

सिंह : कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारमा अलमलिनुपर्ला। खानपानको सोखले स्वास्थ्य प्रतिकूल बन्न सक्छ। राम्रो नतिजा हातपार्न रोकिएको काम दोहोर्याउनुपर्ला। अरूको भरले मात्र सफलता प्राप्त नहुन सक्छ। सहयोगीहरू प्रशस्तै भेटिनेछन्। तर धेरै फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउन सक्छ।

कन्या : समयमा होश नपुग्नाले फजुल खर्च बढ्नेछ। परिवारजनबाट टाढिनुपर्ला। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। खर्च गरेर पनि त्यति लाभ उठाउन नसकिएला। फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। साथीभाइसँग पनि असमझदारी बढ्ला। सहयोग गर्नेहरू कमै भेटिनेछन्। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला।

तुला : केही रकम हातलागी भए पनि आकस्मिक खर्चले धन संग्रहमा बाधा पुग्नेछ। आफ्ना सामानमा अरूले दाबी गर्लान्। अवसरवादीहरूबाट सजग रहनुहोला। तापनि दोहोर्याएर प्रयत्न गर्दा आंशिक फाइदा हुनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। तर समयमा सजग नहुँदा काम बिग्रन सक्छ।

वृश्चिक : बिस्तारै अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम सम्पादन गर्ने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। प्रतिष्ठित काम गरेर धेरैको मन जित्न सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ।

धनु : चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रम गर्दा न्यून सफलता मिल्नेछ। सहयोगी जुटाउन नसकिएला। आँटेका काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ। स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ। तापनि प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ।

मकर : सानातिना काममा अल्झनुपर्दा मुख्य काम राेकिन सक्छ। केही समस्या दोहोरिनाले उत्साहमा कमी आउनेछ। तर फाइदाका स्रोत पहिचान गर्न सकिनेछ। प्रयत्न गर्दा नियमित काम सम्पादन हुनेछन्। तत्काल लाभ नभए पनि नयाँ काम प्रारम्भ हुनेछ। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ उठाउन सकिनेछ।

कुम्भ : आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। अतिथिको रूपमा सत्कार पाइएला। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ।

मीन : हिम्मतले काम बनाउन सकिनेछ। यस अघिको उपलब्धिले काममा उत्साह जगाउनेछ। मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन्। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ भने प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?