राजी राणा निजी गुठी र शाही युवा शक्ति नेपालद्वारा रसुवा भोटेकोसीका बाढीपीडितलाई राहत वितरण

समाचार सारांश
Auto Generated by AI
  • शाही युवा शक्ति नेपालले रसुवाको भोटेकोशी बाढीपीडित क्षेत्रमा राहत सामग्री वितरण गरेको छ।
  • राजी राणाको निजी गुठीसँगको सहकार्यमा ३०० भन्दा बढी नागरिकलाई खाद्यान्न तथा लत्ताकपडा उपलब्ध गराइएको हो।
  • पीडितहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले संगठनले सातवटा गाडीमार्फत सामग्रीहरू पीडितको हातहातमा पुर्‍याएको छ।

रतन बहादुर रावल,मुगु।शाही युवा शक्ति नेपाल ले रसुवा भोटेकोशी बाढीपिडित क्षेत्रमा नागरिकहरुलाई तत्काल राहत सामाग्री उपलब्ध गराएको छ ।

Workplace

राजी राणाको नीजि गुठीसंगको सहकार्यमा शाही युवा शक्ति नेपालले बाढीपिडित स्थान बिदुर, दुंगे, होल्डीङ्ग सेन्टर लगायत क्षेत्रका करिव ३ सय भन्दा बढी नागरिकहरुलाई मंगलबार राहत बितरण गरिएको युवा शक्ति नेपालका महामन्त्री रेशम चन्द्र मल्लले जानकारी गराए ।

महामन्त्री मल्लका अनुसार बाढीपिडित नागरिकलाई बितरण गरिएका राहत खाद्यन्न सामाग्रीहरुमा ४ सय ५० पिस, चामल, १ सय ३० ग्यास चुलो सेट समान,दाल, नुन, तेल, अति आबश्यक भाडाकुडा, लत्ताकपाडा, त्रिपाल, ५० दर्जन भन्दा बढी मिनरल वाटर पानी लगायत रहेको छ ।

राजी राणा नीजि गुठी संगको सहकार्यमा उपलब्ध भएको राहत खाद्यन्न सामाग्रीहरु काठमाडौ बाट ३ वटा ठूला गाडी र ४ वटा साना गाडी गरि ७ वटा गाडीमा लोड गरि शाही युवा शक्ति नेपालको टोली बाढीपिडित क्षेत्रमै पुगेर पिडित परिवारहरुको हात हातमा उपलब्ध गराएको मल्लको भनाई रहेको छ ।

महामन्त्री मल्लले भने राहत समाग्री लिएर बाढीपिडित स्थानमै पुगेर पिडित परिवारजनहरुको हात हातमा उपलब्ध गराएका छौ । बाढी पहिरो बाट बाट धनजनको हानीनोक्सानी ब्यहारिरहेका नागरिकहरुलाई तत्काल राहत मिलोस भन्ने उदेश्यले शाही युवा शक्ति नेपालले यो राहत बितरण गर्ने कामलाई प्राथमिकता दिएको उहाको भनाई छ ।

हिन्दु राष्ट र राजसंस्था पुर्नस्थापनाको निम्ति गठन भएको शाही युवा शक्ति नेपालले रसुवा भोटेकोशी बाढीपिडित क्षेत्रमा नागरिकहरुलाई दुःख कष्टको समयमा राहत बितरण गरेको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?