राजी राणा निजी गुठी र शाही युवा शक्ति नेपालद्वारा रसुवा भोटेकोसीका बाढीपीडितलाई राहत वितरण

समाचार सारांश
Auto Generated by AI
  • शाही युवा शक्ति नेपालले रसुवाको भोटेकोशी बाढीपीडित क्षेत्रमा राहत सामग्री वितरण गरेको छ।
  • राजी राणाको निजी गुठीसँगको सहकार्यमा ३०० भन्दा बढी नागरिकलाई खाद्यान्न तथा लत्ताकपडा उपलब्ध गराइएको हो।
  • पीडितहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले संगठनले सातवटा गाडीमार्फत सामग्रीहरू पीडितको हातहातमा पुर्‍याएको छ।

रतन बहादुर रावल,मुगु।शाही युवा शक्ति नेपाल ले रसुवा भोटेकोशी बाढीपिडित क्षेत्रमा नागरिकहरुलाई तत्काल राहत सामाग्री उपलब्ध गराएको छ ।

Workplace

राजी राणाको नीजि गुठीसंगको सहकार्यमा शाही युवा शक्ति नेपालले बाढीपिडित स्थान बिदुर, दुंगे, होल्डीङ्ग सेन्टर लगायत क्षेत्रका करिव ३ सय भन्दा बढी नागरिकहरुलाई मंगलबार राहत बितरण गरिएको युवा शक्ति नेपालका महामन्त्री रेशम चन्द्र मल्लले जानकारी गराए ।

- Advertisement -Workplace

महामन्त्री मल्लका अनुसार बाढीपिडित नागरिकलाई बितरण गरिएका राहत खाद्यन्न सामाग्रीहरुमा ४ सय ५० पिस, चामल, १ सय ३० ग्यास चुलो सेट समान,दाल, नुन, तेल, अति आबश्यक भाडाकुडा, लत्ताकपाडा, त्रिपाल, ५० दर्जन भन्दा बढी मिनरल वाटर पानी लगायत रहेको छ ।

राजी राणा नीजि गुठी संगको सहकार्यमा उपलब्ध भएको राहत खाद्यन्न सामाग्रीहरु काठमाडौ बाट ३ वटा ठूला गाडी र ४ वटा साना गाडी गरि ७ वटा गाडीमा लोड गरि शाही युवा शक्ति नेपालको टोली बाढीपिडित क्षेत्रमै पुगेर पिडित परिवारहरुको हात हातमा उपलब्ध गराएको मल्लको भनाई रहेको छ ।

महामन्त्री मल्लले भने राहत समाग्री लिएर बाढीपिडित स्थानमै पुगेर पिडित परिवारजनहरुको हात हातमा उपलब्ध गराएका छौ । बाढी पहिरो बाट बाट धनजनको हानीनोक्सानी ब्यहारिरहेका नागरिकहरुलाई तत्काल राहत मिलोस भन्ने उदेश्यले शाही युवा शक्ति नेपालले यो राहत बितरण गर्ने कामलाई प्राथमिकता दिएको उहाको भनाई छ ।

हिन्दु राष्ट र राजसंस्था पुर्नस्थापनाको निम्ति गठन भएको शाही युवा शक्ति नेपालले रसुवा भोटेकोशी बाढीपिडित क्षेत्रमा नागरिकहरुलाई दुःख कष्टको समयमा राहत बितरण गरेको छ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?