तीन दलका शीर्ष नेताहरूबीच बालुवाटारमा बैठक जारी

काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस, नेकपा (एमाले), र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताहरूको बैठक जारी छ। बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छन्।

Workplace

यस बैठकमा गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, र महान्यायाधिवक्ता रमेश वडाल पनि उपस्थित छन्।

बैठकमा संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउने विषयमा छलफल भइरहेको छ। सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगको गठन लगायतका विषय बैठकको एजेन्डामा छन्।

यसअघि, सभामुख देवराज घिमिरेको निवासमा पनि शीर्ष नेताहरूबीच संक्रमणकालीन न्यायसम्बन्धी छलफल भएको थियो। बैठकबाट कुनै ठोस निष्कर्ष निस्कने सम्भावना रहेको नेताहरूले बताएका छन्।

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?