
- रसुवाको भोटेकोशी बाढीबारे प्रधानमन्त्रीले संसद्लाई जानकारी गराउनुभएको छ।
- संकटको समयमा सरकार साहसका साथ उद्धार र राहतमा जुटेको उहाँले बताउनुभयो।
- बाढी आउनुपूर्व नै सुरक्षित रहन सरकारले पूर्वतयारी र परिचालन गरेको स्पष्ट पारिएको छ।
काठमाडौ -!प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशीमा बाढी आएको सूचना प्राप्त भएदेखि सरकारले नागरिकको जीवनरक्षाका लागि गरेका तयारी, खोज तथा उद्धार र राहतका कामबारे प्रतिनिधि सभालाई जानकारी गराएका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले संकटको समयमा देशको नेतृत्वले जनतालाई हिम्मत र भरोसा दिनुपर्ने भन्दै सरकारले विपत्तिको यथार्थ स्वीकार गरेर संकल्प र साहसका साथ अघि बढेको बताए।
बाढी आउनुअघि नै प्रभावित क्षेत्रका नागरिकलाई कसरी सुरक्षित गर्ने भन्ने विषयमा सरकारले तयारी गरेको र बाढीको सूचना प्राप्त भएलगत्तै सरकारले विभिन्न निकायलाई परिचालन गरेको बताएका छन्।
