
- नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ।
- सुन प्रतितोला ५०० रुपैयाँ घटेर तीन लाख छ हजार १०० रुपैयाँ कायम भएको छ।
- चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेर चार हजार ७६५ रुपैयाँ पुगेको छ।
काठमाडौ – नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य घटेको छ ।

यस दिन सुन तोलामा ५०० रुपैयाँ र चाँदी तोलाको १५ रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला तीन लाख छ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

सोमबार सुन प्रतितोला तीन लाख छ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
यस्तैआजको बजारमा चाँदी प्रतितोला चार हजार ७६५ रुपैयाँमा कारोबार भईरहेको छ।
सोमबार चाँदी प्रतितोला चार हजार ७८० रुपैयाँमा कारोबार भएको थियो।
