
- रसुवा बाढीमा बेपत्ता भएका प्रहरी सहायक हवल्दार दीपेन्द्र विष्टको शव गोरखामा भेटिएको छ।
- परिवारले पहिचान गरेपछि शव पोखराबाट अन्त्येष्टिका लागि गृहजिल्ला पाल्पा ल्याइएको थियो।
- आइतबार बिहान पाल्पाको राम्दी धाममा विष्टको अन्तिम संस्कार सम्पन्न गरिएको छ।
काठमाडौं ।रसुवा बाढीपछि सम्पर्कबिहीन हुनुभएका नेपाल प्रहरीका सहायक हवल्दार दीपेन्द्र विष्टको शव गोरखामा फेला परेको छ । पाल्पाको तानसेन-१० घर भई इलाका प्रहरी कार्यालय टिमुरे, रसुवामा कार्यरत ३४ वर्षीय विष्ट बाढीपछि सम्पर्कबिहीन हुनुभएकाे थियाे । उहाँकाे शव त्रिशूली नदीले बगाएर ल्याएको अवस्थामा गोरखामा भेटिएको प्रहरीले जनाएकाे छ ।
उहाँकाे शब व्यवस्थापनका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत रामघाटमा राखिएको थियो । शनिबार परिवारका सदस्यले शवको पहिचान गरेपछि अच्येष्टिका लागि घर ल्याइएकाे कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयाे । विष्टकाे अन्तिम संस्कार राम्दी धाममा आइतबार बिहान गरिएकाे परिवारिक स्राेतले जनाएकाे छ ।
