काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलि हुने जेन जीहरूको प्रदर्शनमा बल प्रयोग नगर्न सरकारलाई आग्रह गरेका छन् ।

बेसबुक बन्द भए पनि सामाजिक सञ्जाल बन्दको विरोधमा युवाहरूले गर्न लागेको प्रदर्शन स्वभाविक भएको भन्दै उनले बल प्रयोग नगर्न सरकारलाई बेसबुक बाटै चेतावनी दिएका हुन् ।
‘सामाजिक सञ्जालमाथि रोक लगाउने सरकारको कदम गलत छ। सरकारले गरिरहेको भ्रष्टाचार र सामाजिक सञ्जाल अवरोधका विरुद्ध युवाहरूले गर्न लागेको प्रदर्शन स्वाभाविक छ,’ प्रचण्डले भनेका छन्, ‘प्रदर्शनमाथि सरकारले बल प्रयोग गर्ने धृष्टता नगरोस् । भ्रष्टाचारका विरुद्ध हाम्रो आन्दोलन जारी रहेको कुरा स्पष्ट छ ।’ अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री भएका बेला समाजिक सञ्जाल टिकटक बन्द गराएका थिए ।
जेन जीहरूले भोलि काठमाडौं लगायत देशभर सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको विरोध गर्दै प्रदर्शन गर्न लागेको छ ।उक्त प्रदशनमा धेरैले सकारात्मक सुझाब सहित समर्थन गरेका छ्न अब हेरौ भोलिको आन्दोलनले कस्तो मोड लिन्छ ।
