त्रिशूली–३ ए सुरुङभित्र फसेकाहरूको उद्धारको प्रयास जारी

समाचार सारांश
Auto Generated by AI
  • त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको दुई दिनदेखि उद्धार प्रयास जारी छ।
  • जना सुरक्षाकर्मीको संयुक्त टोलीले सुरुङको प्रवेशद्वार खोल्ने कामलाई तीव्रता दिएको छ।
  • प्रतिकूल मौसमका बीच भारतबाट आएको टोलीले पनि हवाई अनुगमनसहित उद्धारमा सहयोग गरिरहेको छ।

काठमाडौ -रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि सुरक्षाकर्मीहरूले दुई दिनदेखि निरन्तर प्रयास गरिरहेका छन्।

Workplace

उद्धार कार्यअन्तर्गत शनिबार बिहानैदेखि सुरुङको प्रवेशद्वार खोल्ने कामलाई थप तीव्रता दिइएको छ।

सुरुङभित्र मानिसहरू फसेको सूचना आएपछि सरकारले प्राथमिकताका साथ उद्धार टोली परिचालन गरेको जनाएको छ। टोलीले सुरुङको प्रवेशद्वारमा थुप्रिएको लेदो तथा भग्नावशेष हटाउँदै भित्र जाने बाटो खुलाउने प्रयास गरिरहेको छ।

 

सुरुङको मुख खोल्ने तथा खोजी कार्यलाई तीव्र बनाउन शुक्रबार रातिदेखि नै नेपाली सेनाका ६२ जना तथा सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका गरी २० जना सुरक्षाकर्मी संलग्न ८२ सदस्यीय संयुक्त टोली निरन्तर खटिएको छ। प्रतिकूल मौसमका कारण उद्धार कार्य भने चुनौतीपूर्ण बनेको छ।

उद्धारमा सहयोग गर्न भारतबाट आएको टोली त्रिशूली पुगेको छ। भारतीय टोलीले हेलिकप्टरमार्फत चिलिमे र लाङटाङ क्षेत्रको प्रारम्भिक हवाई अनुगमन (रेकी) गरी अवस्थाको मूल्यांकन गर्ने र आवश्यकताअनुसार थप उद्धार कार्य अघि बढाउने योजना बनाएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?