
- गोकर्णेश्वरबाट चार सय ग्राम गाँजासहित विजय विक पक्राउ परेका छन्।
- सुन्दरीजल प्रहरीले उनलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो।
- प्रहरीले यस घटनाबारे थप अनुसन्धान अगाडि बढाएको छ।
काठमाडौ – गोकर्णेश्वर नगरपालिका-२ नाम्गेलबाट अवैध लागुऔषध गाँजा चार सय ग्रामसहित काठमाडौं गौशाला बस्ने पर्वत घर भएका २५ वर्षीय विजय विकलाई प्रहरीले आज पक्राउ गरेको छ।

प्रहरी प्रभाग सुन्दरीजलबाट खटिएको टोलीले बा९७ प ४८०९ नम्बरको मोटरसाइकलमा सवार निजलाई उक्त गाँज सहित फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
