सुनको भाउ आज घट्यो कतिमा हुँदै छ कारोबार

समाचार सारांश
Auto Generated by AI
  • साताको अन्तिम दिन आज सुनको मूल्य तोलामा २४ सय रुपैयाँले घटेको छ।
  • आज सुनको मूल्य ३ लाख १८ हजार ५ सय रुपैयाँ कायम भएको छ।
  • चाँदीको मूल्य भने हिजोकै दरमा स्थिर रही ४ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।

कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाउ तोलामा २ हजार ४०० रुपैयाँले घटेको छ । यो हप्ता गएको आइतबार र सोमबार बढेको सुन मंगलबारदेखि लगातार घटेको छ ।

Workplace

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज ३ लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन ३ लाख २० हजार ९०० रुपैयाँ थियो । अस्ति बुधबार सुन तोलामा सामान्य घट्दै ३ लाख २२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

- Advertisement -Workplace

हप्ताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ अघिल्लो हप्ता शुक्रबारको तुलनामा २ हजार ८०० रुपैयाँले बढेर ३ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । अघिल्लो हप्ता शुक्रबार सुन ३ लाख १६ हजार ७०० रुपैयाँ थियो ।

आज चाँदीको भाउ भने घटबढ भएको छैन । चाँदी हिजोको जस्तै आज पनि ४ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी ७५ रुपैयाँले बढेर तोलाको चार हजार नौ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?