
- रसुवाको भोटेकोशी बाढीमा परी हालसम्म ३३२ जनाको मृत्यु भएको छ।
- खोजी तथा उद्धार कार्य तीव्र पारिएपछि मृतकको संख्यामा वृद्धि भएको हो।
- नेपालका सुरक्षा निकायहरूले शव पहिचान र खोजी कार्य जारी राखेका छन्।
काठमाडौं।रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ३३२ पुगेको छ।

यसअघि दिउँसो २:३० बजे सार्वजनिक गरिएको विवरणमा मृतकको संख्या २८९ रहेको थियो। खोजी कार्य तीव्र पारिएसँगै नदी तटीय क्षेत्रहरूबाट थप शवहरू फेला परेपछि मृतकको संख्या ह्वात्तै बढेको हो।
फेला परेका शवहरूको पहिचान खुलाउने र आवश्यक कानुनी प्रक्रिया पूरा गर्ने काम भइरहेको छ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले प्रभावित क्षेत्र तथा तल्लो तटीय नदी किनारहरूमा खोजी तथा उद्धार कार्यलाई निरन्तर जारी राखेका छन्।
