बाढीले रसुवामा ९ बैंकका शाखा बगायो, २६ कर्मचारीको अवस्था अज्ञात

समाचार सारांश
Auto Generated by AI
  • रसुवामा आएको बाढीले नौ वटा वाणिज्य बैंकका शाखा बगाएको छ।
  • बैंकका कार्यरत २६ जना कर्मचारीसँग अझै सम्पर्क हुन सकेको छैन।
  • टेलिफोन र विद्युत् सेवा अवरुद्ध हुँदा उद्धार कार्यमा कठिनाइ भएको छ।

काठमाडौं ।रसुवामा आएको बाढीले ९ वटा वाणिज्य बैंकका शाखा बगाएको छ । ती शाखामा कार्यरत कर्मचारीमध्ये करिब २६ जनासँग अझै सम्पर्क हुन नसकेको नेपाल बैंकर्स संघले जनाएको छ । टेलिफोन अवरुद्ध भएको र बिजुली पनि नभएकाले सम्पर्कमा समस्या भइरहेको संघले जनाएको छ ।

Workplace

रसुवामा माछापुच्छ्रे, नबिल, सानिमा, लक्ष्मीसनराइज, हिमालयन, प्रभु, ग्लोबल आईएमई, इन्भेस्टमेन्ट मेगा र एनमएबी गरी नौवटा बैंकका शाखा रहेका थिए । ती शाखामा कार्यरत कर्मचारीहरुमध्ये २६ जनासँग अझै सम्पर्क हुन नसकेको बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले जानकारी दिए ।

‘टेलिफोन अवरुद्ध भएकाले धेरैजनासाग सम्पर्क हुन सकेका छैन । यद्यपि नबिल बैंकका सबै कर्मचारी सम्पर्कमा आएको जानकारी हामीले भर्खरै पाएका छौं,’ उनले भने, ‘विस्तारै टेलिफोनमा सहजता आएपनि बाँकी कर्मचारी साथीहरूसँग पनि सम्पर्क होला ।’
स्त्राेत : ekantipur

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?