भदौ २३–२४ पछि आफूहरू मारिने अवस्थासम्म पुगेको थियो : प्रचण्ड

समाचार सारांश
Auto Generated by AI
  • भदौ २३ र २४ गतेको घटनापछि आफूहरू मारिने वा सकिने अवस्थामा रहेको प्रचण्डले बताएका छन्।
  • तत्कालीन जटिल भूराजनीतिक परिस्थिति र संयोगले गर्दा आफूहरू जोगिन सफल भएको उनको दाबी छ।
  • भदौ २६ गते राष्ट्रपति कार्यालयमा प्रधानसेनापति र राष्ट्रपतिसँग भएको भेट आफ्ना लागि अनौठो अनुभव रहेको उनले उल्लेख गरे।

काठमाडौ –  पुष्पकमल दाहालले भदौ २३ र २४ को घटनापछि आफूहरू मारिने अवस्थासम्म पुगेको बताएका छन्।

Workplace

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले तत्कालीन परिस्थितिमा आफूहरू गम्भीर जोखिममा रहेको दाबी गर्दै विश्वको भूराजनीतिक अवस्थाका कारण प्रतिक्रियावादी शक्तिहरूको योजनाबाट जोगिन सफल भएको बताए।

हामी त किचिक्क परेर मिचिने र मारिने ठाउँमा थियौँ। प्रतिक्रियावादीले चाहेको भए त एकैछिनमा सकिने अवस्था थियो। तर हामी बचियौँ,’ उनले भने।

उनले भदौ २४ पछिका दुई दिन पार्टी कार्यकर्तामाझ नेताहरू जीवित छन् कि छैनन्, पक्राउ परेका हुन् कि मारिइसके भन्ने अन्योलपूर्ण अवस्था रहेको पनि स्मरण गरे।

प्रचण्डका अनुसार भदौ २६ गते भने भदौ २४ मा विध्वंस मच्चाउने पक्षकै नेतृत्वले आफू र माधव कुमार नेपाललाई राष्ट्रपति कार्यालयमा बोलाएर छलफल गरेको थियो।

‘हामीलाई प्रधानसेनापति र राष्ट्रपतिले बोलाएर सुझाव माग्लान् भन्ने सोचेका पनि थिएनौँ। तर २६ गते राति त्यही भयो। त्यो निकै अनौठो अनुभव थियो,’ उनले भने।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?