
- सम्झना रणपाल र पूर्णचन्द्र परियारको स्वरमा कम्मर मरक्कै तीज गीत सार्वजनिक भएको छ।
- गोविन्द अनिकको शब्द र जीवन परियारको लय रहेको यस गीतको भिडियोमा ज्योति के.सी लगायतको अभिनय छ।
- गीतलाई जीवन परियारको आधिकारिक युट्युब च्यानलबाट रिलिज गरिएको छ।
गोकर्ण पाण्डे,गुल्मी ।पछिल्लो समय बजारमा दिन प्रति दिन नयाँ नयाँ तिजका गितहरु बजारमा आइरहेका छन्।

त्यसै क्रममा हरितालिका तिजको अबसर परि तिज गीत “कम्मर मरक्कै” बोलको गीत को म्युजिक भिडियो सार्वजनिक भएको छ।
अर्घाखाँचीमा जन्मिएकी लोकप्रिय गायिका सम्झना रणपाल नेपाली लोक तथा तीज गीतको क्षेत्रमा सक्रिय कलाकारका रूपमा परिचित छिन्। एक दशकभन्दा बढी समयदेखि गीत–संगीत क्षेत्रमा योगदान गर्दै आएकी छन्।
उक्त गित मा गायिका सम्झना रणपाल गायक पूर्णचन्द्र परियार को आबाजमा गित सुन्न सकिन्छ। हेर्दा राम्रो सुन्दा आनन्द लाग्ने रमाईलो गित बनेर बजारमा आएको छ। गीतको शब्द गोविन्द अनिक ले कोर्नुभएको हो भने गीतमा लय जीवन परियारले गर्नु भएको छ।
म्युजिक भिडियो मा ज्योति के.सी,सन्ध्या परियार,गोविन्द थापाको अभिनय देख्न सकिन्छ।
जीवन परियारको अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको छ।
भिडियो सहित:
