
- ओली पक्राउको विरोधमा एमाले कार्यकर्ताले माइतीघरमा प्रदर्शन गरेका छन्।
- प्रदर्शनकारीले गुडिरहेका निजी सवारीसाधनमा तोडफोड गरेका छन्।
- प्रहरी घेरा तोड्ने क्रममा झडप भएपछि स्थिति तनावग्रस्त बनेको छ।
काठमाडौ – अध्यक्ष केपी ओली पक्राउको विरोधमा नेकपा एमालेका प्रदर्शनकारीले माइतीघरमा सवारीसाधन तोडफोड गरेका छन् ।

प्रदर्शनकारीहरुले सडकमा गुडिरहेका निजी सवारीसाधनमाथि तोडफोड गरेका हुन् ।
अहिले माइतीघरको अवस्था तनावग्रस्त छ । प्रदर्शनकारीहरु माइतीघरमा प्रहरी घेरा तोडेर अघि बढेपछि झडपसमेत भएको छ । प्रहरीले लाठीचार्ज गरेको छ ।
पार्टी अध्यक्ष ओली पक्राउ परेपछि एमालेका कार्यकर्ताहरू आक्रोशित हुँदै सडकमा उत्रिएका छन् ।

