छायाँनाथ मन्दिर दर्शन गर्न गएका जुम्लाका १७ वर्षीय किशोर लेक लागेर बिरामी, सशस्त्र प्रहरीको टोलीले उद्धार गर्दै

समाचार सारांश
Auto Generated by AI
  • मुगुको छायाँनाथ मन्दिर दर्शन गर्न गएका १७ वर्षीय वसन्त बुढा लेक लागेर बिरामी परेका छन्।
  • अक्सिजनको अभावमा श्वासप्रश्वासमा समस्या देखिएका किशोरको हाल स्वास्थ्य अवस्था मध्यम रहेको छ।
  • सुरक्षाकर्मीको टोलीले उनलाई बोकेर उपचारका लागि स्वास्थ्य चौकीतर्फ ल्याउँदै छ।

रतन बहादुर रावल मुगु । छायाँनाथ मन्दिर दर्शनका लागि मुगु आएका जुम्लाका एक किशोर लेक लागेर (अक्सिजन अभावका कारण) गम्भीर बिरामी परेका छन् । जुम्ला जिल्ला पातारासी गाउँपालिका वडा नम्बर ५ बस्ने १७ वर्षीय वसन्त बुढा आइतबार साँझ लेक लागेर बिरामी भएका हुन् ।

Workplace

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायक उपनिरीक्षक रविराज थपलिया ले जानकारी दिनु भयो जि.प.का मुगुका अनुसार आज मिति २०८३ भदौ ७ गते बेलुकी अन्दाजी ७:४० बजेको समयमा मन्दिर दर्शन गर्ने क्रममा बुढालाई अचानक श्वासप्रश्वासमा समस्या देखिएको थियो । हाल उनको स्वास्थ्य अवस्था मध्यम रहेको जनाइएको छ ।

- Advertisement -Workplace

बिरामी किशोरको उद्धारका लागि छायाँनाथ मन्दिर दर्शन गर्न जाने भक्तजनहरूको सुरक्षार्थ खटिएका प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) जनकराज पाण्डेको समन्वयमा तत्काल टोली परिचालन गरिएको छ । सशस्त्र प्रहरी सहायक हवल्दार गणेश बुढाको कमाण्डमा खटिएको प्रहरीसहित ७ जनाको टोलीले बिरामीलाई बोकेर स्वास्थ्य चौकीतर्फ ल्याइरहेको छ ।

बिरामीका आफन्त एवं नातामा दाजु पर्ने सशस्त्र प्रहरी जवान रमेश बुढा पनि उद्धार टोलीसँगै रहेका छन् । उद्धार टोली रहेको स्थानबाट उपचारका लागि पुलु स्वास्थ्य चौकी आइपुग्न पैदल अझै अन्दाजी ७ देखि ८ घण्टा लाग्ने जानकारी प्राप्त भएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?