सर्वोच्चको अन्तरिम आदेश: दुर्गा प्रसाईँ सञ्चालित दुई अस्पतालका रोक्का खाता फुकुवा गर्न निर्देशन

काठमाडौँ – सर्वोच्च अदालतले दुर्गा प्रसाईँ सञ्चालक रहेका दुईवटा अस्पतालका रोक्का बैंक खाता फुकुवा गर्न अन्तरिम आदेश जारी गरेको छ।

Workplace

गत चैत १५ गते तीनकुनेमा भएको राजावादी आन्दोलनपछि आन्दोलनका कमाण्डर तोकिएका प्रसाईँमाथि प्रहार भएपछि उनको व्यक्तिगत खातासहित अस्पतालका खाता पनि रोक्का गरिएको थियो। सोही निर्णयविरुद्ध डा. अञ्जली कार्कीले वि एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र र्वाञ्चल क्यान्सर हस्पिटल प्रालिको तर्फबाट छुट्टाछुट्टै रिट दायर गरेकी थिइन्।

सो रिटमाथि न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले सुनुवाइ गर्दै दुवै खाता फुकुवा गर्न अन्तरिम आदेश दिएको हो। साथै, सर्वोच्चले खाता रोक्का गर्ने निर्णयमा संलग्न नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरो (CIB) लाजिम्पाटसहित १८ र १४ जना विपक्षीको नाममा कारण देखाउ आदेशसमेत जारी गरेको छ।

तीनकुने घटनाका क्रममा एक पत्रकार र एक सर्वसाधारणको ज्यान गएको थियो। साथै सरकारी गाडीसहित निजी घरहरूमा आगजनी र तोडफोड भएको थियो। नेकपा (एकीकृत समाजवादी)को कार्यालय तथा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा समेत क्षति पुर्‍याइएको थियो। ती घटनापछि फरार रहेका प्रसाईँको खाता समेत रोक्का गरिएको थियो।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?