भारतले आज ८० औँ स्वतन्त्रता दिवस मनाउँदै : लालकिल्लाबाट प्रधानमन्त्री मोदीको सम्बोधन

समाचार सारांश
Auto Generated by AI
  • भारतले आज आफ्नो ८० औँ स्वतन्त्रता दिवस भव्य रूपमा मनाउँदैछ।
  • प्रधानमन्त्री मोदीले लालकिल्लाबाट सन् २०४७ सम्म भारतलाई विकसित राष्ट्र बनाउने लक्ष्य सार्वजनिक गर्नुभयो।
  • प्रधानमन्त्री मोदीले लगातार १३ औँ पटक झण्डा फहराएर ऐतिहासिक रेकर्ड कायम गर्नुभएको छ।

भारतले आज ८० औँ स्वतन्त्रता दिवस मनाउँदैछ । दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीको लालकिल्लाबाट देशबासीका नाममा सम्बोधन गर्नुभएको छ ।

Workplace

लालकिल्ला पुग्नुअघि उहाँले राजघाट पुगेर राष्ट्रपिता महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । आफ्नो सम्बोधनमा प्रधानमन्त्री मोदीले विगत १२ वर्षका उपलब्धि प्रस्तुत गर्दै सन् २०४७ सम्म भारतलाई विकसित राष्ट्र बनाउने लक्ष्यसहित दीर्घकालीन दृष्टिकोण सार्वजनिक गर्नुभएको छ ।

- Advertisement -Workplace

विगत १२ वर्षमा २५ करोड नागरिकलाई गरिबीबाट बाहिर निकाल्न सफल भएको उहाँको दाबी छ । प्रधानमन्त्री मोदीले लगातार १३ औँ पटक लाल किल्लाबाट राष्ट्रिय झण्डा फहराउँदै ऐतिहासिक रेकर्ड समेत कायम गर्नुभएको छ ।

सन् १९४७ अगस्ट १५ मा झण्डै दुई शताब्दी लामो ब्रिटिश उपनिवेशवादी शासनको अन्त्य गर्दै भारत स्वतन्त्र राष्ट्रको रूपमा उदाएको थियो । १८ औँ शताब्दीको मध्यतिर ईस्ट इण्डिया कम्पनीमार्फत शुरु भएको ब्रिटिश प्रभाव पछि प्रत्यक्ष उपनिवेशमा रूपान्तरण हुँदै राजनीतिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा गहिरो प्रभाव पारेको थियो । तर स्वतन्त्रताको दिनसँगै विभाजनको पीडादायी इतिहास पनि जोडिएको छ, जसले भारत र पाकिस्तान दुई स्वतन्त्र देशको रूपमा जन्म दिएको थियो ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?