झण्डै चार महिनादेखि बन्द भृकुटीमण्डपको पुस्तकालय तालाबन्दी खुलेयो

समाचार सारांश
Auto Generated by AI
  • चार महिनादेखि बन्द भृकुटीमण्डपस्थित सार्वजनिक पुस्तकालयको ताल्चा हिजो खुलेको छ।
  • पुस्तकालयमा पठनपाठनको वातावरण मिलाउन आउँदो सोमबारसम्म पर्खनुपर्ने भएको छ।
  • वर्षौँदेखिको भाडा विवादका कारण बन्द पुस्तकालय सञ्चालन गर्ने सहमति दुई पक्षबीच भएको छ।

काठमाडौ – झण्डै चार महिनादेखि बन्द भृकुटीमण्डपको काठमाण्डौ उपत्यका सार्वजनिक पुस्तकालयमा लगाएको तालाबन्दी हिजो खुलेको छ ।

Workplace

तर पुस्तकालयमा बसेर पुस्तक पढ्न भने अझै केही दिन पर्खनुपर्ने भएको छ । आउँदो २५ गते सोमबारदेखि पुस्तकालयमा पठनपाठनको उचित वातावरण तयार गरिने सहमति भएको छ ।

- Advertisement -Workplace

आम पाठक, पत्रकार, सुरक्षाकर्मी, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, समाज कल्याण परिषद्का पदाधिकारी, भृकुटीमण्डप व्यवस्थापन समितिका प्रशासन प्रमुख र सार्वजनिक पुस्तकालयका कर्मचारीको रोहबरमा हिजो पुस्तकालयमा लागेको ताल्चा खोलिएको हो ।

हाल पुस्तकालयको साँचो ताल्चा पुस्तकालय प्रशासनको जिम्मामा रहने, पुस्तकालय सञ्चालनको कार्य सञ्चालन विधि परिषद् र पुस्तकालय कार्यसमितिले आपसी छलफलमा तय गर्ने सहमति पत्रका उल्लेख छ । आम पाठकलगायत विभिन्न व्यक्तिहरूबाट भएका दबावमूलक तथा रचनात्मक कार्यक्रमका कारण पुस्तकालयमा लगाएको तालाबन्दी खुलेको हो ।

परिषद् र पुस्तकालय समाजबीच वर्षौँदेखि चलिरहेको २ करोड ८५ लाख रुपैयाँ भाडा बक्यौता विवादका कारण गएको चैत ३० गतेदेखि पुस्तकालय बन्द थियो । २०६० सालमा स्थापना भएको यस पुस्तकालयमा ५० हजारभन्दा धेरै पुस्तकहरू उपलब्ध छन् ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?