सिरहामा पेस्तोल र म्याग्जिनसहित तीन युवा प`क्रा`उ

समाचार सारांश
Auto Generated by AI
  • सिरहाको लक्ष्मीपुर पतारीबाट पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ परेका छन्।
  • विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
  • पक्राउ परेकाहरूमाथि हातहतियार सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।

काठमाडौ – सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–६ स्थित सलोखरी दास टोलबाट प्रहरीले पेस्तोल र म्याग्जिनसहित तीनजनालाई पक्राउ गरेको छ।

Workplace

पक्राउ पर्नेमा लहान नगरपालिका–२२ सलोखरीका १९ वर्षीय सञ्जय दास, सोही स्थानका २० वर्षीय गुरुदेव दास तथा लक्ष्मीपुर पतारी गाउँपालिका–६ का २० वर्षीय साबरजित दास रहेका छन्।

- Advertisement -Workplace

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिएको हो। खानतलासीका क्रममा उनीहरूको साथबाट एक थान पेस्तोल र त्यसमा प्रयोग हुने एक थान म्याग्जिन बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनै जनामाथि हातहतियार तथा खरखजाना सम्बन्धी कसुरअन्तर्गत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। बरामद गरिएको हतियार कहाँबाट ल्याइएको हो, के प्रयोजनका लागि राखिएको थियो र यसमा अन्य व्यक्तिको समेत संलग्नता छ वा छैन भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रहरीले अवैध हातहतियारको प्रयोग तथा ओसारपसार नियन्त्रणका लागि जिल्लाभर निगरानी र सुरक्षा जाँचलाई थप कडाइ गरिएको जनाएको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?