
- लगनखेलस्थित भूमि प्रशासन कार्यालयका तीन कर्मचारी र दुई लेखापढी व्यवसायी पक्राउ परेका छन्।
- जग्गाको बकसपत्र मिलाइदिने भन्दै सेवाग्राहीसँग तीन लाख रुपैयाँ घुस लिँदै गर्दा उनीहरू पक्राउ परेका हुन्।
- ललितपुरको एक होटलबाट उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
काठमाडौ – भूमि प्रशासन कार्यालय लगनखेलमा कार्यरत पाँच जना तीन लाख रुपैयाँ घुससहित प`क्रा`उ परेका छन्।

पक्राउ पर्नेमा तीन जना कर्मचारी र दुई जना लेखापढी व्यवसायी रहेका छन्।

अख्तियार दुरुपयोाग अनुसन्धान आयोगकाअनुसार नायबसुब्बा उत्तम कुँवर, विशाल सुन्दास, राजकुमार मगरसहित लेखापढी व्यवसायी शैलेन्द्र रानामगर र समीर कटवाल पक्राउ परेका हुन्।
जग्गाको बकसपत्र गराउने भन्दै सेवाग्राहीसँग रु तीन लाख घुस लिएको अवस्थामा उनीहरू शुक्रबार ललितपुर ४ स्थित एक होटलबाट पक्राउ परेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
साथै स्रोत नखुलेको रु २४ हजार ८९० रुपैयाँ पनि बरामद भएको छ।
