हजुरआमाको हत्या आरोपमा नाति प`क्रा`उ

समाचार सारांश
Auto Generated by AI
  • रौतहटको कटहरियामा ७५ वर्षीया तेती खातुन आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन्।
  • प्रहरीले अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको आरोपमा १८ वर्षीय नाति साहिद शेखलाई पक्राउ गरेको छ।
  • नातिले नै हजुरआमाको हत्या गरेको खुलेपछि प्रहरीले थप कानुनी प्रक्रिया अघि बढाएको छ।

काठमाडौ -रौतहटको कटहरिया नगरपालिकामा आफ्नै हजुरआमाको हत्या गरेको आरोपमा प्रहरीले नातिलाई पक्राउ गरेको छ।

Workplace

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार साउन १४ गते साँझ करिब ६ बजे कटहरिया नगरपालिका–३ बडर्वाकी ७५ वर्षीया तेती खातुन आफ्ना माइला छोरा शेख निमुदिनको टालीको छानो भएको घरमा मृत अवस्थामा फेला परेकी थिइन्।

- Advertisement -Workplace

उनी घरभित्रको खाटमा मृत अवस्थामा फेला परेपछि इलाका प्रहरी कार्यालय गरुडासहितको प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थालेको थियो।

अनुसन्धानका क्रममा घटना शंकास्पद देखिएपछि प्रहरीले मृतकका १८ वर्षीय नाति साहिद शेखलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त गौतमले जानकारी दिए।

अनुसन्धानबाट साहिदले आफ्नै हजुरआमाको हत्या गरेको खुलेपछि उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।रासस

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?