देशभर मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

समाचार सारांश
Auto Generated by AI
  • देशभर मनसुनी वायुको प्रभावले आज अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना छ।
  • केही प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान छ।
  • बाढी र पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ।

काठमाडौ – देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा दक्षिणतर्फ र पूर्वी नेपालमा सरदर स्थान आसपास रहेकाले आज देशका विभिन्न भागमा वर्षाको सम्भावना रहेको छ।

Workplace

हाल लुम्बिनी प्रदेशका तराई भूभागमा आंशिक बदली छ भने बाँकी प्रदेशहरूमा साधारणतया बदली भई बागमतीका केही तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधारणतया बदली रहने महाशाखाको पूर्वानुमान छ। यस क्रममा हिमाली भेगका केही र पहाडी भूभागका धेरै स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ भने तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। विशेष गरी बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

त्यस्तै, आज राति पनि देशभर साधारणतया बदलीकै स्थिति रहनेछ। रातिको समयमा हिमाली तथा पहाडी भागका केही र तराईका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना देखिएको छ।

यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्रका साथै मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी र पहिरोको जोखिम बढ्न सक्ने भएकाले जल तथा मौसम पूर्वानुमान महाशाखाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहणका साथै सडक तथा हवाई यातायातमा समेत आंशिक असर पर्न सक्ने भएकाले सर्वसाधारण र सम्बद्ध निकायहरूलाई आवश्यक पूर्वतयारी एवं सावधानी अपनाउन अनुरोध गरिएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?