समाचार सारांश
Auto Generated by AI
- केबल बोहराले आफ्नो जन्मदिनको अवसरमा मुगुको लापु नमुना विद्यालयका २५ विद्यार्थीलाई शैक्षिक तथा स्वास्थ्य सामग्री वितरण गर्नुभयो।
- स्वर्गीय आमाबुवाको स्मृतिमा गरिएको यस रचनात्मक कार्यले विद्यार्थीहरूको पढाइ र सरसफाइमा सहयोग पुग्ने विश्वास लिइएको छ।
- जन्मदिनमा फजुल खर्च नगरी विपन्न बालबालिकालाई सहयोग गरेकोमा विद्यालय परिवारले बोहराको उच्च प्रशंसा गरेका छन्।
रतन बहादुर रावल मुगु, साउन १६ ।
आफ्नो जन्मदिनको अवसर पारेर युवा केबल बोहराले मुगुको छायाँनाथ रारा नगरपालिका वडा नम्बर १३ मा रहेको लापु नमुना आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक तथा स्वास्थ्य सामग्री वितरण गर्नुभएको छ । बोहराले आफ्ना जन्मदिने भगवानरुपी पूजनीय स्वर्गीय आमा-बुवाको सम्झनामा व्यक्तिगत खर्चमा सो सामग्री वितरण गर्नुभएको हो

विद्यालयमा आयोजित एक कार्यक्रमका बीच त्यहाँ अध्ययनरत २५ जना विद्यार्थीहरूलाई जनही ४ वटा कापी, ४ वटा पेन्सिल, ३ वटा कटर, ३ वटा इरेजर (मेट्ने), १/१ वटा मन्जन-ब्रस र १ वटा नुहाउने साबुन वितरण गरिएको छ । जन्मदिनमा तडकभडक र फजुल खर्च गर्नुको साटो विपन्न तथा ग्रामीण क्षेत्रका विद्यार्थीहरूको पढाइ र स्वास्थ्यमा टेवा पुगोस् भन्ने उद्देश्यले यो रचनात्मक कार्य गरिएको सहयोगी बोहराले बताउनुभयो ।

शैक्षिक सामग्री वितरण कार्यक्रमलाई सफल पार्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का सभापति जय लक्ष्मी रावल, दीर्घ राज सेजुवाल र नगर प्रहरी हवलदार रामकृष्ण रावल विद्यालयमै पुगेर विशेष सहयोग गर्नुभएको थियो । कार्यक्रमलाई व्यवस्थित रूपमा सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेल्ने उहाँहरू तीनै जनालाई बोहराले विशेष धन्यवाद समेत ज्ञापन गर्नुभएको छ ।

सामग्री प्राप्त गरेपछि विद्यार्थीहरू खुसी भएका छन् भने विद्यालय परिवारले बोहराको यो परोपकारी कार्यको उच्च प्रशंसा गरेको छ ।