सवारी दुर्घटनामा ३ जनाको मृ`त्यु

समाचार सारांश
Auto Generated by AI
  • पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।
  • यी घटनाहरूमा ६२ जना व्यक्ति घाइते भएका छन् भने प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
  • मृत्यु हुनेहरूमा मोरङका अजयकुमार राजवंशी, कास्कीका संयोग भण्डारी र नवलपरासीका शिव बर्याल रहेका छन्।

काठमाडौ – पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने ६२ जना घाइते भएका छन्। नेपाल प्रहरीको तथ्यांकअनुसार दुर्घटनामा सबैभन्दा बढी लुम्बिनी प्रदेशमा १६ जना र कोशी प्रदेशमा १५ जना घाइते भएका छन्।

Workplace

प्रहरीका अनुसार कर्णाली प्रदेशमा तीन, सुदूरपश्चिम प्रदेशमा १० र बागमती प्रदेशमा पाँच जना घाइते भएका छन् । त्यसैगरी गण्डकी प्रदेशमा एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्। कोशी प्रदेशमा एक जनाको मृत्यु र १५ जना घाइते भएका छन्। मधेश प्रदेशमा ११, काठमाडौं उपत्यकामा ११ र लुम्बिनी प्रदेशमा १६ जना घाइते भएका छन्। देशभरका दुर्घटनामा कुल तीन जनाले ज्यान गुमाएका छन्।

- Advertisement -Workplace

मृत्यु हुनेमध्ये मोरङको विराटनगर महानगरपालिका ३ निवासी ५० वर्षीय अजयकुमार राजवंशी रहेका छन्। उनी साइकलमा घर फर्कने क्रममा अचानक खाल्डोमा परी गम्भीर घाइते भएका थिए। उपचारका लागि विराट टिचिङ अस्पताल लगिए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।

यस्तै, कास्कीको पोखरा महानगरपालिका १४ मा चेकजाँचबाट बच्न खोज्दा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा पोखरा२६ निवासी १७ वर्षीय संयोग भण्डारी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि जीएमसी अस्पताल, पोखरा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।

त्यसैगरी, नवलपरासी (पूर्व) को विनयी त्रिवेणी गाउँपालिका २ स्थित बिसहडी मोडमा अनियन्त्रित भएको रिक्सा दुर्घटनामा रूपन्देहीको देवदह नगरपालिका ९ निवासी ४९ वर्षीय शिव बर्याल गम्भीर घाइते भएका थिए। उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल, डण्डा पुर्‍याइए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?