सिरहा जाने तयारीमा गृहमन्त्री सुधन गुरुङ, मृतकका परिवारलाई भेट्ने

समाचार सारांश
Auto Generated by AI
  • गृहमन्त्री सुधन गुरुङ आज सिरहा जाने भएका छन्।
  • उनले सिरहामा प्रहरीको गोलीबाट ज्यान गुमाएका गणेश यादवको परिवारलाई भेट्नेछन्।
  • गृहमन्त्रीले त्यहाँको सुरक्षा अवस्थाबारे स्थानीय प्रशासनसँग जानकारी लिने कार्यक्रम छ।

काठमाडौ -गृहमन्त्री सुधन गुरुङ आज सिरहा जाने भएका छन्। सिरहा पुगेर उनले मृतकका आफन्तलाई भेट्ने कार्यक्रम तय भएको छ। यो जानकारी उनले आफैं सुनसरीको देवानगञ्जमा दिएका हुन्।

Workplace

यसअघि बिहीबार राति गृहमन्त्री गुरुङले देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्ज पुगी मृतकका आफन्तसँग भेटघाट गरेका थिए। उनको उपस्थितिमा मृतकका परिवार र प्रशासनबीच सात बुँदे सहमतिमा हस्ताक्षरसमेत भएको छ। उक्त सहमतिपछि उनी मोरङको विराटनगर आइपुगेका हुन्। केही समय विराटनगरमा बिताएपछि उनी सिरहातर्फ लाग्नेछन्।

- Advertisement -Workplace

सुनसरीमा भएको हिंसात्मक घटनाको विरोध चर्किँदा बिहीबार मधेश प्रदेशका विभिन्न जिल्ला अशान्त बनेका थिए। त्यसक्रममा सिरहामा प्रहरीको गोली लागेर धनगढीमाई नगरपालिका–तुलसियाहीका रामवृक्ष यादवका छोरा गणेश यादवको मृत्यु भएको थियो।

गृहमन्त्री गुरुङले आज सिरहामा मृतक यादवको परिवारलाई भेटेर सान्त्वना दिनेछन्। साथै, उनले जिल्लाको पछिल्लो सुरक्षा अवस्थाबारे प्रहरी र स्थानीय प्रशासनका अधिकारीहरूबाट जानकारी लिने कार्यक्रम छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?