विस वर्ष कैद सजाय तोकिएका फरार कैदी प`क्रा`उ

समाचार सारांश
Auto Generated by AI
  • रौतहटको कटहरियाका प्रभु माझीलाई प्रहरीले पक्राउ गरेको छ।
  • वर्षीया बालिकाको बलात्कार र हत्या अभियोगमा उनलाई २० वर्ष कैद सजाय तोकिएको थियो।
  • सजायपछि लामो समयदेखि फरार रहेका उनलाई प्रहरीले गोप्य सूचनाका आधारमा पक्राउ गरेको हो।

काठमाडौ – जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतबाट २० वर्ष कैद सजाय सुनाइएका फरार कैदीलाई रौतहट प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले कटहरिया नगरपालिका ७ का ३० वर्षीय प्रभु माझीलाई पक्राउ गरेको जनाएको छ।

Workplace

प्रहरीका अनुसार २०६८ मंसिर २५ गते रौतहटको साविक बागही गाविस ६ (हाल कटहरिया नगरपालिका–७) स्थित बिरेन्द्र चौधरीको पोखरीको डिलमा ७ वर्षीया बालिकामाथि जबरजस्ती करणीपछि हत्या गरिएको घटनामा माझी संलग्न रहेका थिए।

उक्त मुद्दामा सर्वोच्च अदालतले उनलाई २० वर्ष कैद सजाय सुनाएको थियो।

कैद सजायपछि फरार रहेका माझीलाई २०८३ वैशाख २४ गतेदेखि जेनजी आन्दोलनमा फरार भएपछि खोजी गरिँदै आएको प्रहरीले जनाएको छ।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय शिवनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले साउन ८ गते राति कटहरिया नगरपालिका ७ बाट उनलाई पक्राउ गरेको हो।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?