
- राधिका दासीविरुद्ध सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा वेदिका केसी पक्राउ परेकी छन्।
- नेपाल प्रहरीको साइबर ब्यूरोले केसीलाई नियन्त्रणमा लिएको हो।
- अदालतबाट साइबर कसुरमा केसीलाई एक दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ।
काठमाडौ – प्रहरीले युट्युब तथा अन्य सामाजिक सञ्जालबाट राधिका दासीबिरुद्ध विभिन्न अफवाह फैल्याएको आरोपमा वेदिका केसीलाई प`क्रा`उ गरेको छ।

प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीले केसीलाई पक्राउ गरेको हो।
साइबर ब्यूरोका प्रवक्ता दिलिप कुमार गिरीका अनुसार प`क्राउ परेकी केसी विरुद्ध काठमाडौं जिल्ला अदालतबाट साइबर कसुरमा एक दिनको म्याद थप भएको छ।
विभिन्न सामाजिक सञ्जाल तथा युट्युबमार्फत उनले कथावाचिका राधिका दासीबिरुद्ध अप्रमाणित कुरा फैल्याएको आरोप छ।
