
- आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ।
- बढेको मूल्य अनुसार सुन प्रतितोला दुई लाख ८५ हजार ६०० रुपैयाँ कायम भएको छ।
- चाँदीको मूल्यमा पनि ५० रुपैयाँले वृद्धि भई चार हजार ३७० रुपैयाँ पुगेको छ।
काठमाडौ -आज सुनचाँदीको भाउ सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको हो । भाउ बढेर सुन आज तोलाको दुई लाख ८५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो सुन तोलाको दुई लाख ८४ हजार ६०० रुपैयाँ थियो । त्यस्तै, आज चाँदी तोलामा ५० रुपैयाँले बढेको छ ।
चाँदीको भाउ आज चार हजार ३७० रुपैयाँ पुगेको छ । हिजो चाँदी तोलामा चार
