
- काठमाडौँको टेकुमा लागूऔषध कारोबार गरिरहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
- प्रहरीको गोली प्रहारबाट भारतीय नागरिक राज सोनी घाइते भई उपचाररत छन्।
- पक्राउ पर्नेमा दुई नेपाली र एक भारतीय नागरिक रहेका छन्।
काठमाडौ – काठमाडौँमा लागूऔषध काराेबारीमाथि गोली प्रहार भएको छ। लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरी तीन जना कारोबारीलाई पक्राउसमेत गरेको छ।

पक्राउ पर्नेमा दुई जना नेपाली र एक जना भारतीय रहेका छन्। जसमा बाँकेको नेपालगन्ज उपमहानगरपालिका १७ का १९ वर्षीय निखिल सोनी, सुर्खेतको पन्चपुरी वावियाचौर गाउँपालिका ५ का १९ वर्षकै शोफिया मगर र भारतको रुपैडिया उत्तर प्रदेशका २५ वर्षीय राज सोनी रहेका छन्।
काठमाडौँ १२ टेकु दोवानपुल नजिक आइतबार दिउँसो सवा ४ बजे प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको हो। गोली प्रहारबाट भारत उत्तरप्रदेशका सोनीको दुवै खुट्टामा गोली लागेको ब्यूराका डिएसपी जिवन निरौलाले जानकारी दिए।
उनकाअनुसार सोनीको दायाँ खुट्टाको घुँडामा र बायाँ खुट्टाको घुडामुनी गोली लागेको छ। उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
