icon
निर्वाचन
२८ मंसिर २०८२, आइतबार
icon
निर्वाचन

अबको राजनीतिक विकल्प र आगामी चुनावको दिशा विश्लेषण: अर्जुन थापा,

काठमाडौ – नेपालको वर्तमान राजनीतिक परिदृश्य फेरि एक निर्णायक मोडमा पुगेको छ। विगतका अस्थिरता, वैचारिक विभाजन र नेतृत्वप्रतिको अविश्वासबीच अब देश नयाँ राजनीतिक विकल्प र एकताको दिशातर्फ उन्मुख हुँदैछ। आगामी चुनावलाई केन्द्रमा राख्दै हरेक दलले आफ्ना संगठनात्मक कमजोरी सच्याउने र नयाँ नेतृत्वसहित जनतामुखी एजेन्डा तय गर्ने प्रने अहिलेको आबस्याक्ता हो ।

Workplace

माओवादीः फेरि एकताको दिशातर्फ जानै प्रने हुन्छ नत्र सहिद र जनयुद्धको केही औचित्य हुदैन ।

विगतमा अनेकौँ फुट र विभाजन भोगेको माओवादी पक्ष अहिले पुनः एकता र पुनर्गठनको बाटोमा अघि बढ्ने संकेत देखिएको छ। सबै खाले माओवादी धाराहरूलाई एउटै राजनीतिक छानामुनि ल्याएर नयाँ जोश र नयाँ विचारसहित चुनावी मैदानमा उत्रिने तयारी हुनु प्रछ । यो कदमले माओवादी आन्दोलनको पुरानो जनाधार पुनर्जीवित गर्ने र नयाँ पुस्तामा पनि आकर्षण जगाउने अपेक्षा सहित अघि बडे मात्र माओवादी अघि बडन सक्ने छ ।

एमालेः एकता र स्वच्छ छविको अभियान सहित मदन भण्डारीको बाटो हिनु प्रछ अनि मात्र सफल हुन सक्छ ।

नेकपा एमालेले पनि आन्तरिक असन्तुष्टि र विभाजनपछि अब पुनर्गठनमा जोड दिनै प्रछ । पार्टी नेतृत्वले पूर्वका असन्तुष्ट कार्यकर्ता र समूहहरूलाई पुनः एउटै छानामुनि ल्याएर संगठनलाई मजबुत बनाउने रणनीति लिएर मात्र अघि बडनै प्रने छ। त्यसैसँगै, स्वच्छ छवि भएका युवा नेताहरूलाई अघि बढाउने तयारीले मात्र एमालेलाई नयाँ पुस्तामा पुनः सशक्त उपस्थिति दिलाउन सक्ने देखिन्छ।

कांग्रेसः परम्परागत शक्ति तर नेतृत्वको सदैब चुनौती मुख्य बिषय हो ।

नेपाली कांग्रेस परम्परागत रूपमा देशको सबैभन्दा ठूलो र पुरानो पार्टी भए पनि आन्तरिक असन्तुष्टि, गुटबन्दी र स्थिर नेतृत्वको कमी देखिँदै आएको छ।
अब पार्टीभित्र असन्तुष्ट नेता–कार्यकर्तालाई समेट्दै नयाँ नेतृत्वसहितको सहमति निर्माण गरी चुनावमा जाने तयारी गर्नु प्रछ । जनताको विश्वास पुनः जित्न कांग्रेसले नीतिगत स्पष्टता र नेतृत्वमा नवीनता ल्याउनुपर्ने देखिन्छ।

रास्वपाः जनताको नयाँ आशा र चुनौती धेरै छन कुनै ब्यक्ति विशेष हुनु भएन ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जनताको नयाँ विकल्पको रूपमा उदाएको थियो। तर हालैको नेतृत्व विवाद र मुद्दाहरूले यसको छवि केही धमिलो बनाएको छ।
सभापति रवि लामिछानेमाथि उठेका विवादलाई समाधान गर्दै रास्वपाले नयाँ नेतृत्वसहित चुनावमा जाने तयारी गरोस
यदि रास्वपाले पारदर्शी र विश्वासिलो नेतृत्व प्रदर्शन गर्न सके, जनतामा त्यसको प्रभाव पुनः स्थापित हुनसक्छ। किन कि बैकल्पिक शक्तिको रुपमा उदाउँदो पार्टी हो ।

अन्या साना दल र नागरिक विकल्प के त यो पनि महत्त्वपूर्ण बिषय हो ।

विभिन्न साना दलहरूले पनि भ्रष्टाचार र बेथितिविरुद्ध आफ्नो म्यान्डेट लिएर स्पष्ट भिजनसहित चुनावमा जाने तयारी गर्नु प्रछ।
यी दलहरूको साझा लक्ष्य ‘सफा शासन, जवाफदेही नेतृत्व र जनउत्तरदायी राजनीति।’ सहितका मुद्दा लिएर अघि बड्नु प्रने देखिन्छ यसले आगमी बन्ने सरकार लाई खबरदारी गर्न सक्ने छ र एउटा पुन ५ साल पोछी जनादेश पाउने आशा सहित काम गर्नु प्रने देखिन्छ ।

नयाँ शक्ति – जेन-जी अभियान यो अहिले सम्म जेनजी नेतृत्व कसको भने समेत थाहा नभएको अबस्थामा मुख्य देशभक्त जेनजी हरु एक हुनु पोहिलो प्राथमिकता छ ।

हालैको जेन-जी आन्दोलनले पुराना दलहरूको विकल्प खोज्ने युवापुस्ताको चाहना प्रकट गर्‍यो। तर नेत्रहीन थियो जुन दु:खद हो ।
हालसम्म कुनै औपचारिक नेतृत्व नहुँदा पनि यो अभियानले देशमा नयाँ राजनीतिक चेतना जगाएको छ।
अब यो समूहले मजबुत जनसंगठन बनाउँदै दीर्घकालीन राजनीतिक यात्राको आधार तयार गर्नुपर्ने अवस्था आएको छ।
यदि अहिले पूर्ण सफलता नपाए पनि, आगामी चुनावसम्ममा यो नयाँ पुस्ताको आन्दोलनले नेपालको राजनीतिमा निर्णायक प्रभाव पार्ने सम्भावना बलियो छ। जुन अहिलेको आवश्यकता पनि हो।

सबै राजनीति दल हरुले नयाँ आत्मसमीक्षा र नयाँ सुरुवात गर्नुको अल्वा अरु विकल्प छैन ।

अब सबै राजनीतिक दल र नेतृत्वले आफ्ना गल्तीहरू आत्मसात् गरेर देश हित र जनताको भरोसा पुनः निर्माण गर्नुपर्छ।
नेपाललाई स्थिरता, पारदर्शिता र जवाफदेहिताको बाटोमा डोर्याउन निष्पक्ष चुनाव र सहकार्यात्मक राजनीति अपरिहार्य छ।
अबको आवश्यकता हो— फुट होइन, एकता।
स्वार्थ होइन, सेवा। पद होइन, देश र जनताको पक्षमा
प्रतिबद्धता।

“अहिलेकै अन्तरिम सरकारले स्वच्छ, निष्पक्ष र पारदर्शी तरिकाले आगामी चुनाव सम्पन्न गराउनु नै यसको सफल नेतृत्वको परीक्षक हुनेछ।”

“अन्तरिम सरकारका लागि अबको सबैभन्दा ठूलो जिम्मेवारी स्वच्छ र निष्पक्ष चुनाव गराउनु हो। यही कार्य सफलतापूर्वक सम्पन्न गर्न सक्नु नै त्यस नेतृत्वको वास्तविक सफलता र जनविश्वासको मापदण्ड बन्नेछ।”

लेखक अर्जुन थापा सञ्चारकर्मी

समसामयिक विषयमा कलम चलाउने  गर्छन्

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?