काठ चोरेको आरोपमा सामुदायिक वनका अध्यक्षसहित १० जाना पक्राउ

गणेश खनाल – अर्घाखाँची, असोज ८ गते । अर्घाखाँचीको एक सामुदायिक वनका अध्यक्षसहित उपभोक्ता मिलेर अवैध रूपमा सालको रुख काटेर चिरान गदैँगरेको अवस्थामा प्रक्राउ परेका छन् ।

Workplace

शितगङ्गा नगरपालिका-८, झाक्रिथान सामुदायिक वनका अध्यक्ष डुकबहादुर खत्रीसहित १० जनालाई काठ चिरान गरिरहेको अवस्थामा प्रक्राउ गरिएको हो । अर्घाखाँचीबाट सालको रुख काटी प्युठानको सरुमारानी गाउँपालिका-१, खुनझुने काठ चिरान गरिरहेको अवस्थामा प्युठानको डिभिजन वन कार्यालय प्युठानले मङ्गलबार साँझ डिभिजन वन कार्यालय अर्घाखाँचीलाई बुझाएको छ ।

प्रकाउ परेकाहरूमाथि अनुसन्धान भइरहेको छ । हाल १० जनालाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा राखिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी झलक शर्माले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा सामुदायिक वनका पूर्व अध्यक्ष हुमबहादुर वाकवल, शितगङ्गा–८ कै स्थानीय चन्द्रबहादुर वाकवल, सोही ठाउँकै टीकाराम पुलामी र पुरन धामी रहेको अर्घाखाँची डिभिजन वन कार्यालयका निमित्त प्रमुख गणेशकुमार थारूले जानाकारी दिनुभयो ।

यस्तै, त्युठान जिल्ला सरुमारानी गाउँपालिका–१, खुनझुनेका लेखबहादुर केएम, सकुर मिया, वीरबहादुर धामी, शङ्कर विश्वकर्मा र एक जना नाबालिका रहेको जनाइएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?