सरकार तानाशाही शैलीतर्फ उन्मुख भएको श्रम संस्कृति पार्टी का सतेतक : आर्यन राई

समाचार सारांश
Auto Generated by AI
  • सांसद आर्यन राईले वर्तमान सरकार लोकतान्त्रिक मूल्य र मान्यताविपरीत तानाशाही शैलीमा अघि बढेको आरोप लगाउनुभयो।
  • सरकारले अस्थायी कर्मचारी हटाउने तयारी र स्वास्थ्य प्रतिष्ठानमा अपारदर्शी नियुक्ति गरेको भन्दै उहाँले कडा आपत्ति जनाउनुभयो।
  • संसद् स्थगित भएको मौका छोपी सरकारले अध्यादेशमार्फत नागरिक अधिकार कुण्ठित गर्न सक्ने भन्दै उहाँले सचेत रहन आग्रह गर्नुभयो।

काठमाडौ – प्रतिपक्षी श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले वर्तमान सरकार लोकतान्त्रिक विधि र पद्धतिलाई बेवास्ता गर्दै तानाशाही शैलीमा अघि बढिरहेको आरोप लगाउनुभएको छ।

Workplace

बुधबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै सांसद राईले सरकारले किसान, मजदुर, सञ्चारमाध्यम र आम नागरिकका अधिकार कुण्ठित गर्ने प्रयास गरिरहेको दाबी गर्नुभयो। प्रधानमन्त्रीले उल्लेख गर्ने गरेको ‘सुपर एक्सप्रेस वे’ को प्रसंग जोड्दै उहाँले सरकारलाई लोकतान्त्रिक विधि र पद्धतिअनुसार शासन सञ्चालन गर्न सुझाव दिनुभयो।

- Advertisement -Workplace

संसद् १० दिनका लागि स्थगित रहेको अवधिमा सरकारले अध्यादेशमार्फत नागरिक अधिकारमा हस्तक्षेप गर्न सक्ने आशंका व्यक्त गर्दै उहाँले त्यसप्रति सचेत रहन आग्रह गर्नुभयो।

साउन १ गतेदेखि अस्थायी, करार तथा ज्यालादारी कर्मचारी हटाउने सरकारी तयारीप्रति आपत्ति जनाउँदै उहाँले वर्षौंदेखि राज्यको सेवामा रहेका कर्मचारीलाई कुनै वैकल्पिक व्यवस्था नगरी सेवाबाट हटाउनु अन्यायपूर्ण हुने बताउनुभयो।

सांसद राईले छ वटा स्वास्थ्य प्रतिष्ठानमा उपकुलपति नियुक्तिको प्रक्रिया पारदर्शी नभएको आरोप पनि लगाउनुभयो। सिफारिस भएका व्यक्तिको योग्यता र छनोट प्रक्रिया सार्वजनिक नगरिएको भन्दै उहाँले सरकारको पारदर्शितामाथि प्रश्न उठाउनुभयो।

संविधान संशोधनको विषयमा धारणा राख्दै उहाँले संघीयता र प्रदेश संरचनामा कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पार्नुभयो।

त्यसैगरी, सामाजिक सञ्जालमार्फत आफ्नो चरित्रहत्या गर्ने प्रयास भएको र आफूमाथि दुर्व्यवहारसमेत भएको दाबी गर्दै सांसद राईले यस्ता गतिविधि रोक्न सरकारको ध्यानाकर्षण गराउनुभयो

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?