पटक पटक म्याद थप हुँदा समेत बनेन जिल्ला अस्पताल गुल्मीको भवन

खिम खड्का

Workplace

२१ असार, गुल्मी । निर्माणाधीन जिल्ला अस्पताल गुल्मीको निर्माण कार्यमा अत्यन्तै सुस्तता देखिएको छ । २०७८ साल असार १८ गते सम्झौता भई २०८० असार १७ गते सम्ममा सम्पन्न भैसक्नुपर्ने भवन २ पटक म्याद भपिदा पनि पुन म्याद थपको तयारीमा छ । आजभन्दा ४ बर्ष अगाडि २०७८ असार १८ मा ५० सैयाका सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने गरि वानिया जेभी हेटौंडा मकवानपुरले भ्याट बाहेक २५ करोड ९५ लाख ६४ हजार २ सय ३ रुपैयामा सम्झौता गरेको यो अस्पताल सम्झौता अनुसार सम्पन्न गर्नुपर्ने मितिले २ बर्ष म्याद नागिसक्दा समेत सम्पन्न हुने टुङ्गो छैन ।

२०८० असारमा म्याद सकिए पश्चात पहिलो पटक १ बर्ष र दोश्रो पटक ६ महिना म्याद थप माग्दा समेत सम्पन्न गर्न नसकिएकोले अब तेश्रो पटक म्याद थपको तयारीमा रहेको इन्जिनियर अरविन्द्र चौधरीले बताए । उनका अनुसार हालसम्म अस्पताल निर्माणमा ८६ प्रतिशत भौतिक प्रगति र ८४ प्रतिशत आर्थिक प्रगति भएको छ । आगामी दिनमा निर्माण कार्यमा कुनै समस्या नदेखिए आगामी २०८२ को दशैसम्म सम्पन्न गरिसक्ने इन्जिनियर चौधरीले बताए ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?