देशका केही स्थानमा आज वर्षाको सम्भावना

समाचार सारांश
Auto Generated by AI
  • आज देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
  • कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुनसक्छ।
  • मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ।

काठमाडौं।देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । केही भूभागमा भारी वर्षाको समेत पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा मधेस प्रदेशलगायत वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

Workplace

विभागले दिउँसो देशभर साधारणतया बादल लाग्ने बताएको छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रका थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका धेरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।

विभागले मधेस प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका धेरै स्थानमा, कोसी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा तथा सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।

विभागले राति देशभर साधारणतया बादल लाग्ने बताएको छ । हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । पहाडी भूभागका केही स्थानमा र तराई क्षेत्रका थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ ।

देशभर मनसुनी वायुको प्रभाव रहँदा हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेको विभागले जानकारी दिएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?