धादिङको जयन्तीडाँडामा पहिरो जादा, छ घर मा क्षति

समाचार सारांश
Auto Generated by AI
  • धादिङको नीलकण्ठ नगरपालिकामा अविरल वर्षाका कारण पहिरो जाँदा ६ परिवारको घरमा क्षति पुगेको छ।
  • स्थानीय जनप्रतिनिधि र विपद् व्यवस्थापन टोलीले घटनास्थल पुगेर क्षतिको विवरण संकलन गर्दै राहतको काम सुरु गरेका छन्।
  • मनसुन सक्रिय रहेकाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गरिएको छ।

काठमाडौ – धादिङको नीलकण्ठ नगरपालिका–४ जयन्तीडाँडामा पहिरो खस्दा ६ परिवारका घरमा क्षति पुगेको छ।

Workplace

शनिबार राति परेको अविरल वर्षापछि घरमाथिबाट माटो र ढुंगा खस्दा ६ परिवार प्रभावित भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

पहिरोबाट राधिका खाँण, कृष्ण खाँण, कन्यावती तामाङ, मिनकुमार तामाङ, शर्मिला तामाङ र मिना कुमारी तामाङको घरमा क्षति पुगेको प्रहरीले जनाएको हो ।

घटनापछि वडा कार्यालयका जनप्रतिनिधि तथा नीलकण्ठ नगरपालिकाको विपद् व्यवस्थापन टोली प्रभावित क्षेत्रमा पुगेर स्थलगत निरीक्षण गरेको छ।

क्षतिको विवरण संकलन तथा आवश्यक राहत र व्यवस्थापनको प्रक्रिया अघि बढाइएको जनाइएको हो ।

मनसुन सक्रिय रहेकाले पहिरोको जोखिम अझै कायम रहेको भन्दै स्थानीय तहले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन तथा आवश्यक परे सुरक्षित स्थानमा जान आग्रह गरेको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?