
- धादिङमा नदीले बगाएको सेफ फोड्ने २९ जना पक्राउ परेका छन्।
- उनीहरूको साथबाट ९२ लाख ६८ हजार ५ सय ५ रुपैयाँ बरामद भएको छ।
- प्रहरीले उनीहरूलाई हिरासतमा राखी थप अनुसन्धान अघि बढाएको छ।
काठमाडौ -धादिङमा नदीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने कार्यमा संलग्न २९ जनालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरूलाई प`क्रा`उ गरेको हो।
पक्राउ परेका व्यक्तिहरूको साथबाट ९२ लाख ६८ हजार ५ सय ५ रुपैयाँ नगद समेत बरामद गरिएको छ।
उनीहरूलाई हाल जिल्ला प्रहरी कार्यालय धादिङको हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक डीआईजी अबिनारायण काफ्लेले जानकारी दिए।
