
- सर्लाहीको गोडैतामा विवेक मण्डलले शरीरमा पेट्रोल खन्याई आत्मदाहको प्रयास गरेका छन्।
- उनको शरीरको ९० प्रतिशत भाग जलेको र अवस्था निकै गम्भीर छ।
- उपचारका लागि उनलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइँदैछ।
काठमाडौ – सर्लाहीको गोडैता नगरपालिकामा पनि एक युवकले आत्मदाह प्रयास गरेका छन्।

गोडैता नगरपालिकाका ३५ वर्षीय विवेक मण्डलले आफूमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको मधेश प्रदेशका डीआईजी ओम अधिकारीले जानकारी दिए।
मण्डलको शरिरको ९० प्रतिशत भाग जलेको र अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।
मधेस प्रदेशका प्रहरी प्रमुख डिआइजी ओम प्रसनल अधिकारीका अनुसार उनलाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याइँदैछ।
