
- श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति हटाउन माग गरेका छन्।
- प्रधानमन्त्रीले दिएको अभिव्यक्ति राष्ट्रघाती भएको भन्दै उनले संसदको रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराएका छन्।
- राष्ट्रियताको सवालमा आफूहरू कुनै पनि हालतमा पछि नहट्ने उनले स्पष्ट पारेका छन्।
काठमाडौ – श्रम संस्कृति पार्टीका प्रमुख सेचतक आर्यन राईले प्रधानमन्त्रीको देशविरोधी अभिव्यक्ति हटाउन कहिलेसम्म माग गर्नुपर्ने हो ? भन्दै सभामुखको ध्यानाकर्षण गराएका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री बालेन्द्र शाहले ‘नेपालले पनि भारतको धेरै ठाउँमा भूमि मिचेको छ’ भन्ने अभिव्यक्ति राष्ट्रघाती भएको आरोप लगाउँदै संसदको रेकर्डबाट हटाउन माग गरे।
उनले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति हटाउन कहिलेसम्म आवाज उठाइराख्नुपर्ने हो ? भन्दै प्रश्न गरे। ‘हामीले कहिलेसम्म प्रधानमन्त्री ज्यूले दिनुभएको राष्ट्रघाती अभिव्यक्तिको विषयमा यो सदनमा फरक मत राखिराख्नु पर्ने हो, म त्यो सोध्न चाहन्छु’, उनले भने ‘के एक वर्ष, दुई वर्ष, पाँच वर्ष? हामी तयार छौँ।’
उनले राष्ट्रियताको सवालमा १ इन्च तलमाथि हामी नसर्ने पनि बताए
