
- प्रचण्डले नयाँ सरकारलाई सकारात्मक र रचनात्मक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
- उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई शुभकामना दिँदै निर्वाचन शान्तिपूर्ण भएकोमा खुसी व्यक्त गरे।
- उनले जनआन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन आफूले अध्ययन गरिरहेको जानकारी दिए।
काठमाडौ -नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकारलाई सकारात्मक र रचनात्मक काममा सहयोग रहने बताएका छन् ।

बिहीबार संसद सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीलाई शुभकामना दिँदै नयाँ सरकारलाई सकारात्मक र रचनात्मक काममा सहयोग रहने बताएका हुन् ।
साथै उनले जनेजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गरिरहेको प्रतिक्रिया दिए । उनले शान्तिपूर्ण निर्वाचन हुनु सवैका लागि राम्रो भएको बताए ।
