
- बाढीका कारण बन्द रहेको बीपी राजमार्ग खुलाउने तयारी भइरहेको छ ।
- रोशी खोलामा पानीको सतह घटेकाले सडक सञ्चालन गर्न लागिएको हो ।
- अहिले काभ्रेभञ्ज्याङ र मङ्गलटारमा रोकिएका सवारी साधनलाई छाडिनेछ ।
काठमाडौ – बाढीका कारण अवरुद्ध रहेको बीपी राजमार्गको काभ्रे खण्ड खुलाउने तयारी भैरहेको छ ।

रोशी खोलामा पानीको सतह बढेपछि हिजो दिउँसोदेखि गाडी आवागमन बन्द गरिएको हो ।
पानी नपरेको र खोलामा पानीको सतह पनि कम भएकाले सडक खुलाउने तयारी भैरहेको काभ्रे प्रहरीले जनाएको छ ।
प्रहरीले काठमाण्डौतर्फ र पूर्वतर्फ आवतजावत गरिरहेका गाडीलाई काभ्रेभञ्ज्याङ र मङ्गलटारमा रोकेको छ ।
