
- आज आइतबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ।
- सुनको नयाँ मूल्य प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँ कायम भएको छ।
- चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर ४ हजार ६०५ रुपैयाँ पुगेको छ।
काठमाडौ – आज आइतबार सुनचाँदीको भाउ सामान्य घटेको छ ।

आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको हो । भाउ घटेर सुन आज तोलाको २ लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अस्ति शुक्रबार सुनको भाउ तोलाको २ लाख ९० हजार ७०० रुपैयाँ रहेको थियो । शुक्रबार सुनको भाउ तोलामा ७ हजार २०० रुपैयाँले बढेको थियो ।
त्यस्तै आज चाँदी तोलामा १० रुपैयाँले घटेको छ । भाउ घटेर चाँदी आज तोलाको ४ हजार ६०५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति शुक्रबार चाँदीको भाउ तोलाको ४ हजार ६१५ रुपैयाँ रहेको थियो ।
