काठमाडौ – भारतको हिमाचल प्रदेशको सिरमौर जिल्लामा एउटा अनौठो विवाह भएको छ यहाँ दुई दाजुभाइले एउटै केटीसँग विवाह गरेका छन्। दुवै शिक्षित परिवारका हुन्। एक भाइ सरकारी जागिरमा छन् भने अर्को भाइ विदेशमा कमाउँछन्।

यो विवाह बहुपति प्रणाली अन्तर्गत भएको हो। यो यहाँको धेरै पुरानो परम्परा छ। हिमाचलमा यो परम्परालाई कानुनी मान्यता छ भने समाजले पनि समर्थन गर्दछ।
विवाह हिमाचल प्रदेशको सिरमौर जिल्लाको शिल्लई क्षेत्रको थिन्डो परिवारमा भएको हो। यहाँ दुई दाजुभाइले जुलाई १२ देखि १४ को बीचमा कुन्हट गाउँकी एक केटीसँग विवाह गरेका छ्न ।
दुलहा र दुलहीको परिवारसँगै गाउँले यस विवाहमा ठुलो धुमधामका साथ उपस्थित भएका थिए ।
दुवै बेहुला शिक्षित छन्। एक दाजुभाइ हिमाचल प्रदेशको जल शक्ति विभागमा सरकारी जागिरमा काम गर्छन् भने अर्को भाइ विदेशमा काम गर्छन्।
बहुपतित्व प्रणाली के हो तपाईं हामी सबैले बुझनु प्रने ?
हिमाचलको सिरमौर किन्नौर र लाहौल–स्पिति जिल्लामा बहुपति प्रथा प्रचलित छ। यसलाई ‘उज्ला पक्ष’ पनि भनिन्छ।
यस परम्पराको पछाडिको विचार संयुक्त परिवारको संरक्षण गर्नु र सम्पत्तिको विभाजनबाट बच्नु हो। यहाँका मानिस एउटै महिलासँग दाजुभाइको विवाह गर्दा पारिवारिक सम्पत्ति विभाजित हुँदैन र परिवार पनि एकताबद्ध हुन्छ भन्ने विश्वास गर्छन् र यसैलाई बहुपतित्व प्रणाली भनिन्छ ।
यही कारणले गर्दा यहाँका स्थानीय जनता यसलाई परम्परागत प्रणाली मान्छन्।
